लन्डन । लन्डनस्थित एउटा निजी कलेजको लाइसेन्स गुमेपछि त्यहां अध्ययनरत करिब ३५० जना विदेशी विद्यार्थी (युरोपेली युनियन बाहेक) लाई अर्को महिनाको अन्तिमसम्म यूके छाड्न भनिएको छ ।
लन्डन स्कुल अफ बिजनेश एण्ड फाइनान्स (एलएसबीएफ) को गैर युरोपेली विद्यार्थीलाई भर्ना लिन र पढाउन पाउने लाइसेन्स खारेज गर्दै विद्यार्थीलाई यूके छाड्न भनिएको होम अफिसलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
८५०० पाउण्डसम्म फि तिरेका विद्यार्थी कोर्स पुरा हुन नसकेपछि चिन्तित छन् । कलेज प्रशासनले भने समयमै कोर्स सकि विद्यार्थीहरुलाई शैक्षिक योग्यता दिलाउन तत्पर थियौं भन्ने दावी गरेको छ ।
होम अफिसले विद्यार्थीलाई बेलायत छाड्न आदेश दिंदै तिनका साथमा भएको भिजा फिर्ता गर्न र उनीहरुलाई काम गर्ने अधिकार नभएको सूचना पठाएको छ । होम अफिसका भनाइमा कलेजले विद्यार्थीलाई स्पोन्सर गर्दा पालना गर्नुपर्ने नियम पुरा गरेको थिएन । यही कारण सेक्रेटरी अफ स्टेटले यूके बस्न र बाहिरबाट आउन (लिभ टु रिमेन र इन्टर) नपाउने गरि भिजा रद्द गरिदिएको समाचारमा उल्लेख छ ।
उक्त कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत थिए । यसअघि सोही कलेजले टोइक (अंग्रेजी परिक्षा) सर्टिफिकेट पेश गरेको निहुंमा कलेजबाट धेरै विद्यार्थीलाई निकालिदिंदा उनीहरुको विचल्ली भएको थियो । अहिले एउटा कलेजको लाइसेन्स जाने बित्तिकै अर्कोमा भर्ना हुन सहज छैन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी