लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुले अप्रिलदेखि लागू हुन लागेको नयां वाध्यकारी नियमको पूर्व सन्ध्यामा शनिवार एउटा सेमिनार आयोजना गरेका छन् । लन्डन नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा सम्वन्धित क्षेत्रका वीज्ञ झिकाएर सेमिनार गरिएको हो । नर्स तथा मिडवाइफहरुको नियमक तथा लाइसेन्स दिने निकाय नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल (एनएमसी) ले रजिष्टर्ड नर्सहरुका लागि यही अप्रिलदेखि नयां नियम ल्याउंदैछ ।
नर्सहरुलाई अप टु डेट राख्न सहयोगी हुने ठानिएको उक्त सेमिनारमा नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल (एनएमसी) रिभ्यालिडेसन र रोयल कलेज अफ नर्सिङबारे क्रिस्टिन म्याकेन्जीले प्रवचन दिएकी थिइन् । त्यसैगरि, डिमेनसिया एण्ड मेमोरी क्लिनिक्स्बारे नेपलिज डक्टर्स एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. अरुणकुमार झा, मेडिसिन अप्टिमाइजेसनबारे फार्मेसिस्ट रमेश फुंयाल र क्यान्सरबारे नर्सिङ एसोसिएसनकी पूर्व अध्यक्ष अजिता सिम्खडाले प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा नर्सिङका विभिन्न पक्षबारे समेत प्रश्नोत्तर भएको थियो । सहभागी नर्सहरुले आफ्नो करिअर विकासका लागि सेमिनार फलदायी भएको टिप्पणी गरेका थिए ।
एनएमसीले अप्रिलदेखि नर्स र मिडवाइफहरुलाई प्रत्येक तीन वर्षमा रिभ्यालिडेसन (योग्य भए नभएको जांच्ने) गर्दा थप नियम ल्याउन लागेको छ । यसअघि रिभ्यालिडेसनमा ४ सय ५० घण्टा प्राक्टिस आवरमात्र भरेर पठाए हुनेमा अब त्यो सहित ३५ घण्टा प्रोफेशनल डेभलप्मेन्ट कोर्स (सिपिडी) अनिवार्य गरेको हुनुपर्ने, आफ्नो दक्षता वृद्धि झल्कने ५ वटा अनुभव (रिफ्लेक्टिभ अकाउन्ट) र काम सम्वन्धि विरामी, विरामीका आफन्त, समकक्षी, व्यवस्थापक आदिसंगको ५ वटा प्रतिक्रिया पेश गर्न अनिवार्य गराइंदैछ ।
नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्कीले नयां नियमले आफू जस्ता अन्य कयौं नेपाली नर्समा अन्यौल र चिन्तित बनाएकाले त्यसको निराकरणका लागि सेमिनार गरिएको जनाइन् । नयां नियम केही चिन्ताको विषय भएपनि यसले नर्सहरुलाई करिअरमा अप टु डेट हुन सघाउने कार्कीको धारणा थियो ।
सेमिनारमा उपाध्यक्ष प्रसुना कंडेल, महासचिव विनोदविकास सिम्खडा, कोषाध्यक्ष रश्मिता दर्लामी, पूर्व अध्यक्ष बासु लामिछाने लगायतले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
उक्त कार्यक्रममा दिवा भोज प्रायोजन भिक्टोरिया केयर सेन्टरका महाप्रवन्धक बासु लामिछानेले गरेका थिए ।
तस्विरहरुः शिव भण्डारी
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा