लण्डन दूतावासमा शहीद लखन थापाको सम्झना

Lakhan 2

लण्डन । नेपालका प्रथम शहीद लखन थापामगरको स्मृति दिवस पहिलोपटक नेपाली दूतावास लण्डनमा आयोजना गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, युकेको आयोजना र मगर संघ युकेको प्रायोजनमा यो संयोग जुरेको हो ।
शुरुमा मगर संघ युकेले र त्यसपछि नेपाल आदिवासी जनजाति महासंघ युकेले अन्यत्र मनाउँदै आएकोमा यस वर्षदेखि दूतावासमा मनाइएको हो ।
महासंघको अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा शनिबार सम्पन्न प्रथम शहीद लखन थापाको १३९औँ स्मृति दिवस तथा अन्य शहीदहरुको सम्झना कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री रहेका थिए । पूर्व मन्त्री विजयप्रकाश थेबे र नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा विशेष अतिथि थिए ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ तथा आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष विश्वदीप तिगेलाले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मगर संघ युकेका तर्फबाट अध्यक्ष दुतबहादुर पुन र महासचिव बम सूर्यबंशीमगरले दूतावासमा राख्नका लागि प्रथम शहीद लखन थापामगरको फोटो राजदुतलाई हस्तान्तरण गरेका थिए । यस्तै, हालै पोखरामा हत्या गरिएकी नेहा पुनको हत्याको छानविन गरी दोषीलाई कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महिला महासंघले राजदुतमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।
कार्यक्रममा महासंघका पूर्व महासचिव नरेश काङमाङ राई, नेकपा–माओवादीका पूर्ण लोक्सम, संघीय जनमुक्ति पार्टीका पूर्व आर्थिक विभाग प्रमुअ केहरसिंह राना, किरात राई यायोख्या युकेका सल्लाहकार छेत्रकला राई, नेपाल आदिवासी महिला महासंघका अध्यक्ष कमला थापा, उपाध्यक्ष बिमला राई र महासचिव बिमला सेने, पहिचानका लागि संघीय गठबन्धन, युकेका संयोजक पदम गाहा, महासंघका पूर्व अध्यक्षहरु थर्क राना र श्रीप्रसाद लिम्बु, एनआरएनए युकेका उपाध्यक्ष शान्ति थापा कुुँवर, संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य टेकबहादुर राजेश (खस), संघीय समाज युकेका अध्यक्ष धर्मबहादुर तामाङले सम्बोधन गरेका थिए ।
महासंघका महासचिव कमानसिंह (कर्मा पहाडी) शेर्पाको संचालनमा भएको सो कार्यक्रममा मगर संघका युकेका अध्यक्ष दुत पुनले स्वागत मन्तव्य दिएका थिए ।

मन्तब्य व्यक्त गर्ने अन्य अतिथिहरुमा संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका संघीय परिषद सदस्य भरत थापा, शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पा, संघीय लिम्बुवान समाजका राम इजम, किरात याक्थुङ चुम्लुङ युके तथा सलिस युकेका प्रतिनधि दिलसिंह मेयाङबो, याख्या छुम्मा युकेका उपाध्यक्ष धन रोगु, मधेसी नेपाली संघका महेन्द्र थारु, संघीय समाजवादी फोरम नेपालका सल्लाहकार लक्ष्मणप्रसाद तुलाचन, तमुधिँ युकेका अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा, महासंघका सल्लाहकार एकेन्द्र गुरुङलगायत थिए ।

कार्यक्रममा महासंघका पूर्व सचिव विजय हितान, सल्लाहकारहरु श्रीप्रसाद लिम्बु र भक्त दुरालाई प्रसंशा पत्र दिइएको थियो भने दुताबासलाई भवन उपलब्ध गराएकोमा र रेडियो राइनो र गोरखा च्यानललाई कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि सम्मान पत्र दिइएको थियो । यस्तै विश्वदीप तिगेला र मगर संघ युकेलाई पनि सम्मानपत्र दिइएको थियो ।
नेपाल सरकारले यसैवर्ष लखन थापालाई पहिलो शहीद घोषणा गरेको छ । यसवर्षको कार्यक्रमको संयोजन मगर संघ युकेकी उपाध्यक्ष हिमाली रानाले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री