लन्डन । बेलायतवासी नेपालीले मगर फिल्मकी नायिका योरुना पुन (नेहा) को पोखरामा भएको हत्या खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै दोषीमाथि कडा कारवाही माग गरेका छन् ।
गैर आवासीय नेपाली संघ, बेलायतकी महिला उपाध्यक्ष शान्ति थापा कुंवरले एक विज्ञप्तिमार्फत पोखरा उपमहानगर पालिका १५ ऋषिमार्ग निवासी एउटा अवोध नारीमाथि भएको बलात्कार जस्तो जघन्य अपराधको जति निन्दा गरे पनि कम हुने उल्लेख गर्दै दोषीको तत्काल खोजी गरि कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार र स्थानीय प्रहरी प्रशासनसमक्ष आग्रह गरेकी छिन् ।
विज्ञप्तिमा त्यस्तो निकृष्ट अपराधमा संलग्न जो कोही पनि कानुनी दायराबाट उम्कन पाउनुहुन्न भन्ने जोडदार माग छ ।
साथै, नेहाका हत्याराको खोजी र कारवाहीका लागि स्थानीय संघसंस्थाहरुले चालेको कदमको स्वागत गर्दै कुंवरले त्यसमा ऐक्यवद्धता रहेको बताएकी छिन् । केही समय यता पोखरामा बलात्कारका घट्नामा वृद्धि भइरहेको सुनिन आएको जनाउंदै उनले महिलाहरुको सुरक्षातर्फ राज्यले तत्काल कदम चालोस् भन्ने माग समेत गरेकी छिन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी