लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली वालवालिकालाई नृत्य प्रशिक्षण दिने भएको छ । संस्थाले नेपाली संस्कृति झल्काउने नाचगान प्रशिक्षण दिन लागेको हो ।
वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेका अनुसार, विगत वर्ष जस्तै नेपाली नयां वर्षको अवसर पारेर एकल एवं समूहगत नृत्यको तालिम दिई नयां वर्ष मनाउन लागिएको हो । नृत्य सिकेका वालवालिकाबाटै विशेष कार्यक्रम गरि नयां वर्ष मनाउने कम्युनिटीको परम्परा छ ।
अनुभवी प्रशिक्षक रश्मी पौडेल र लछुमन रानाले यही १७ फेब्रुअरी २०१६ देखि हरेक बुधबार सांझ ५ देखि ७ सम्म प्रशिक्षण दिने तयारी छ । बेल्वासेले इच्छुक वालवालिकाका अभिभावकले यही १२ फेब्रुअरी सांझ ५ बजे भित्र तोकिएको फारम भरि दर्ता गराउनु पर्ने जनाए । प्रशिक्षणबारे थप जानकारीका लागि छविमाया पुन ०७८०९६३४२२९, वीर बलाल ०७९३३१५१६८७ र लछुमन राना ०७५३३२०६९९१ लाई सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ