लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली वालवालिकालाई नृत्य प्रशिक्षण दिने भएको छ । संस्थाले नेपाली संस्कृति झल्काउने नाचगान प्रशिक्षण दिन लागेको हो ।
वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेका अनुसार, विगत वर्ष जस्तै नेपाली नयां वर्षको अवसर पारेर एकल एवं समूहगत नृत्यको तालिम दिई नयां वर्ष मनाउन लागिएको हो । नृत्य सिकेका वालवालिकाबाटै विशेष कार्यक्रम गरि नयां वर्ष मनाउने कम्युनिटीको परम्परा छ ।
अनुभवी प्रशिक्षक रश्मी पौडेल र लछुमन रानाले यही १७ फेब्रुअरी २०१६ देखि हरेक बुधबार सांझ ५ देखि ७ सम्म प्रशिक्षण दिने तयारी छ । बेल्वासेले इच्छुक वालवालिकाका अभिभावकले यही १२ फेब्रुअरी सांझ ५ बजे भित्र तोकिएको फारम भरि दर्ता गराउनु पर्ने जनाए । प्रशिक्षणबारे थप जानकारीका लागि छविमाया पुन ०७८०९६३४२२९, वीर बलाल ०७९३३१५१६८७ र लछुमन राना ०७५३३२०६९९१ लाई सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार