
लन्डन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यही २९ गते मङ्गलबार संयुक्त अधिराज्यको भ्रमण गर्नुहुने भएको छ ।
उपप्रधानमन्त्री थापाका स्वकीय सचिव राजाराम बर्तौलाका अनुसार नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पुस १ गते आयोजना हुने विशेष स्वागत समारोहमा पनि उहाँले भाग लिनुहुनेछ ।
बेलायतको लन्डनमा उहाँले समकक्षी फिलिप ह्यामोन्डलगायतका उच्च अधिकारीसँग भेट गर्नुहुने र भ्रमणका क्रममा बुधबार आयोजना गरिने भोजमा वरिष्ठ नेता एवम् मन्त्री तथा उच्च पदस्थ अधिकारीका साथै त्यहाँका संसद्का प्रतिनिधिसँग पनि भेट हुनेछ ।
बिहीबार नेपाल र बेलायतबीचको दोश्रो द्विपक्षीय परामर्श बैठकमा मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भाग लिनेछ ।
उपप्रधानमन्त्री थापाको भ्रमणका क्रममा बेलायतमा रहेका नेपालीसँग पनि भेट तथा छलफलको कार्यक्रम राखिएको छ ।
परराष्ट्रमन्त्री थापा आगामी पुस ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ । उहाँका साथ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु पनि रहनुहुनेछ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल