लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापासंग १७ तारिखका दिन गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम रद्द भएको छ । एनआरएनए यूके पदाधिकारी र नेपाली दूतावासबीच पर्याप्त समन्वय नहुंदा कार्यक्रम रद्द गर्नुपरेको हो ।
संघका महासचिव विजय विक्रम लिङ्देन र प्रवक्ता खुशी लिम्बुले गत ५ डिसेम्बरमा स्थानीय पत्रकारहरुलाई लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा थापासंग अन्तरक्रिया हुने जनाउंदै निमन्त्रणा गरेका थिए । साथै भाइबर ग्रुपमा पनि सबैलाई कार्यक्रममा आउन निम्तो गरिएको थियो ।
तर, उपप्रधानमन्त्री जस्तो व्यक्तित्व सहभागी हुने कार्यक्रम एउटा सामान्य रेष्टुरेन्टमा गर्ने तय भएपछि व्यापक आलोचना भएको थियो । नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्कीले उपप्रधानमन्त्री आउने कार्यक्रम रेष्टुरेन्टमा राख्ने प्रचार प्रसार गरिएपछि भाइबर ग्रुपमै विरोध जनाएकी थिइन् । उनले वीनेपालीसंग कुरा गर्दै एनआरएनए यूके जस्तो संस्थाले थापासंग एउटा सामान्य रेष्टुरेन्टमा कार्यक्रम गर्नु विडम्बना भएको जनाइन् । ‘हामी त्यत्ति गरिब त छैनौं नि रेष्टुरेन्टमा कार्यक्रम गर्न’, कार्कीले थपिन्, ‘इन्डियनहरु रेड कार्पेट राखेर ओटु एरिनामा कार्यक्रम गर्छन्, हामी चाहिं भट्टी खोज्दै हिंड्छौं’, उनको आक्रोश थियो । कार्कीले थापा देशकै एउटा उच्च तहमा भएको व्यक्तित्व भएकाले उनको उपस्थितिसंग देशको प्रतिष्ठा गांसिने पनि जनाइन् ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले १९ डिसेम्बरका दिन दूतावासमै कार्यक्रम हुन लागेको जनाउंदै थापाले अन्य कार्यक्रममा सहभागिता जनाउने कन्फर्म गरिनसकेको जनाए । उनले एनआरएनए यूकेको कार्यक्रमबारे आफूहरु अनभिज्ञ रहेको समेत जनाए ।
संघका अध्यक्ष मुछेत्र गुरुङले कार्यक्रम गर्ने छलफल भएपनि कन्फर्म भइनसकेको दावी गरे । महासचिव लिङ्देनले रेष्टुरेन्टमा कार्यक्रम गर्न लागिएकोबारे जिज्ञासा राख्दा यसप्रति विरोध आएपछि कार्यक्रमस्थलबारे पुनर्विचार गरिने बताएका थिए ।
कार्यक्रमको सट्टा एनआरएनए यूके प्रतिनिधिहरुले थापासंग बेग्लै भेट्ने तय भएको श्रोतको दावी छ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० वर्षगांठका अवसरमा बेलायती परराष्ट्र मन्त्रालयमा १६ डिसेम्बर सांझ हुन लागेको विशेष समारोहमा भाग लिन थापा लन्डन आउने कार्यक्रम छ ।
थापाले बेलायती समकक्षीसंगको भेटमा भारतीय नाकाबन्दीबारे कुरा उठाउने अपेक्षा छ ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय