लन्डन । तमुधिं यूकेबाट अलग्गिएर तमु समाज बेलायत गठन गरेका लन्डनका तमुहरुले ल्होछार पनि बेग्लै मनाउने भएका छन् । तमुधिं यूकेले २ जनवरीमा रेडिंगस्थित रिभर मेड लिजर सेन्टरमा ल्होछार गर्ने तय गरेकै दिन तमु समाज बेलायतले पनि लन्डनस्थित ह्यारो लिजर सेन्टरमा ल्होछार मनाउने भएको हो ।
धार्मिक पूजा, नृत्य, गायन, आजीवन सदस्यहरुको सम्मान र डिनरसहित तमु समाजले ल्होछार मनाउने तयारी गरेको छ ।
सन् २००७ मा स्थापित तमुधिं लन्डन इकाइकै पदाधिकारी संलग्न भएर सन् २०१२ मा तमु समाज बेलायत भएको थियो । अहिले तमु समाज बेलायत युके च्यारिटीमा दर्ता छ । समाजको लन्डनमा बेग्लै प्रभाव छ अहिले ।
सामाजिक काम गर्न यूके च्यारिटी कमिसनमा दर्ता भएपछि तमु समाज बेलायत बनाइएको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुंगले जनाए ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द