मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १५:५० | UK Time: 11:05

तमुधिं यूके ल्होछारको तयारीमा

वीनेपाली
२०७२ मंसिर २२ गते २:४५

77060_279258798863928_113320855_nलन्डन । तमुधिं यूकेले आगामी २ जनवरीका दिन तमुहरुको महान चाड ल्होछार भव्य रुपमा मनाउने भएको छ ।

भेडा वर्गको विदाइ तथा बांदर वर्ग (प्रा ल्हो) को स्वागत गर्दै गुरुङ जातीले पौष १५ का दिन धार्मिक पूजासहित यो पर्व मनाउन लागेका हुन् ।

रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा ल्होछार सफल बनाउन गत शनिवार तमु भवन मिचेटमा सम्पन्न बैठकले कार्यविभाजन समेत गरेको छ ।

कार्यक्रम संयोजक तथा तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङका अनुसार, ल्होछारको सह संयोजकमा कृष्ण गुरुङ (रेडिङ अध्यक्ष), प्रशासनमा उपाध्यक्ष नन्दजंग गुरुङ र नरेश गुरुङ, कल्चरमा कृष्ण गुरुङ र इन्द्र गुरुङ, सम्मान र अभिनन्दनमा क्याप्टेन राजु गुरुङ र हरिकाजी गुरुङ, गेष्टमा सचिव कृष्ण गुरुङ र क्याप्टेन पिताम्बर गुरुङ, हल व्यवस्थापनमा मिन गुरुङ र मेजर वुद्धि गुरुङ, साउण्ड लाइटमा सपन राई, सेक्युरिटीमा ले. मुक्तिजंग गुरुङ र चन्द्रमान गुरुङ, फाइनान्समा जुमकाजी गुरुङ र दीपक गुरुङ, सजावटमा नवीन गुरुङ र हितकाजी गुरुङ, यातायात तथा प्रायोजनमा मिन साइंला गुरुङ र दिलरास गुरुङ, अतिथी सत्कारमा आमा समूह, सूर्जे गुरुङ, योगेश गुरुङ, पुष्पा गुरुङ र विभा गुरुङ तथा खाना व्यवस्थापनमा निरमाया रोधीघर र बेइजिङ नुडल्स्लाई जिम्मा दिइएको छ ।

तमुधिं यूकेले आफ्ना सल्लाहकारद्धय हर्क गुरुङ र लेफ्टिनेन्ट कुसाङ गुरुङको संयोजकत्वमा बीसीसी यूकेको गुम्बामा आगामी ३० डिसेम्बर बुधवार धर्म गुरुहरु खेम्पो चेवाङ घले लामा, खेम्पो फुर्वा तेम्बा र नेपालबाट आउने आचार्य श्री लामा, हित लामा र स्थानीय धर्म गुरुहरुको उपस्थितिमा स्यांइ स्यांइ पूजा, ल्हो फेरासी पूजा र प्रवचन गर्ने भएको छ ।

ल्होछारमा सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रम राखिएको छ । ल्होछारका लागि नेपालबाट कलाकारहरु राजु गुरुङ, निता गुरुङ, जुनु रिजाल र गणेश गुरुङका साथै स्थानीय गोर्खा समाज, 
लमजुंग समाज, सोंपाल समाज, रोधी परिवार तथा कलाकार संघ यूकेको प्रस्तुति रहने आयोजकले जनाएका छन् । कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा जिसिएससीमा सर्वोत्कृष्ट नम्बर ल्याउनेहरुलाई डा. हर्क अवार्ड प्रदान गरिने छ । ल्होछार कार्यक्रमका अवसरमा आजीवन सदस्यहरु र इकाइमा राम्रो काम गर्नेलाई सम्मान गर्ने योजना छ । राफल चिट्ठा पनि कार्यक्रमको आकर्षण हुनेछ । राफलमा प्रथम पुरस्कार स्वरुप गोर्खा एण्ड बराह ज्वेलरीले एक तोला सुन प्रदान गर्ने बताएको छ ।

बैठकले आजीवन सदस्य क्याप्टेन चिनबहादुर गुरुङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै २ मिनेट मौनधारण गरेको थियो ।
बैठकमा संस्थापक अध्यक्ष मिन गुरुङले रेडिङमा भएको च्यारिटी दौडबाट संकलित रकम ५ सय पाउण्डको चेक अध्यक्ष सूर्जे रामचन्द्र गुरुङलाई हस्तान्तरण गरेका थिए । बैठकमा खेलकुद सचिव क्या. पिताम्बर गुरुङ तथा मिडिया सेक्रेटरी फ्रेंन्सी संवाददाता रोहित गुरुङले गोर्खा कप र फ्रेंन्सी पत्रिका तयारीबारे अवगत गराएका थिए ।

तमुधिं यूके अध्यक्ष सूर्जे रामचन्द्र गुरुङको सभापतित्वमा भएको उक्त बैठकमा उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन महासचिव हरि गुरुङले गरेका थिए । बैठकमा पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, इकाइ अध्यक्षहरु र सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक