आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: ०३:४१ | UK Time: 22:56

फोकस्टोन नेपलिज कम्युनिटीमा नयां नेतृत्व

वीनेपाली
२०७२ मंसिर २२ गते १:३४

12346297_738230066322053_4669007487254611822_n
लन्डन । फोकस्टोन नेपलिज कम्युनिटीको वार्षिक अधिवेशनले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । आइतबार ६ डिसेम्बरका दिन ब्रुमफिल्ड हल, फोकस्टोनमा सम्पन्न अधिवेशनमार्फत यसअघि उपाध्यक्ष रहेका गुरुङले नयां नेतृत्व लिएका हुन् । सर्वसम्मत अध्यक्ष चुन्ने प्रयास असफल भएपछि निवर्तमान अध्यक्ष दीपक काउचा र गुरुङबीच मतदान भएको थियो । गुरुङ तमुधिं यूके, 
सहारा यूके, कोल्मा बहाकोट समाज यूके र तमु प्रतिष्ठान नेपालका आजीवन सदस्य एवं सफल व्यवसायी हुन् ।

नयां कार्यसमितिको उपाध्यक्षमा आरएसएम डब्लु ओ वान युवाराम राई र रामलाल श्रेष्ठ, महासचिवमा महा राई, सचिव जित गुरुङ, कोषाध्यक्ष पवन राई र विक्रम राई, मिडियामा ज्ञाम गुरुङ र रोशन राई, खेलकुदमा झविन्द्र थापा र भास्कर राई, प्रोपर्टीमा रक्ष गुरुङ र काजीमान राई, कल्चर सेक्रेटरीमा ज्योति राई र हाङ्मा लिम्बु, लेडिज कोअर्डिनेटरमा सृजना लिम्बु, सिनियर सिटिजन कोअर्डिनेटर तीर्थ गुरुङ र युथ कोअर्डिनेटरमा रिवाज राई लगायत सुरज गुरुङ, किशन थापा र सागर पुन चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष काउन्सिलर ले. नवीन सिवाले खादा ओढाएर बधाई दिंदै पदको शपथ गराएका थिए । निवर्तमान अध्यक्ष दीपक काउचाले आफ्नो पराजय 
स्वीकार्दै नवनिर्वाचित अध्यक्ष चन्द्र गुरुङ र समस्त कार्यसमितिलाई वधाई दिएका थिए ।

नवनियुक्त अध्यक्ष गुरुङले समुदायका लागि सक्दो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले व्यक्तिगत स्वार्थ र गुटवन्दी त्यागेर समाजको हितका लागि काम गर्ने प्रण गर्दै युवा र वृद्धवृद्धाको चाहना बमोजिम कार्य गर्ने समेत बताएका छन् ।
निर्वाचन मण्डलमा काउन्सिलर ले. नवीन सिवा अध्यक्ष, राजन लिम्बु सचिव र सदस्यहरुमा पूर्व काउन्सिलर धन गुरुङ, संस्थापक अध्यक्ष गोपाल गिरी र शिवधन राई थिए । करिब २ सय सहभागी अधिवेशनको सञ्चालन टेक लोक्सम र टिका रानाले गरेका थिए ।

12314490_738230112988715_1664608102646208606_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक