बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ११:३२ | UK Time: 06:47

एनआरएनए यूकेमा युवा उत्साह बढ्यो

वीनेपाली
२०७२ मंसिर १९ गते १७:३९

IMG_4405
लन्डन । केही वर्ष विवादमा रुमल्लिएको एनआरएनए यूकेमा नयां कार्यसमिति गठनसंगै आशाका किरण देखिएका छन् । यतिसम्म कि यस सामाजिक संस्थामा बेलायतमै हुर्के बढेका तन्नेरीको समेत आकर्षण बढेको छ ।

यसै सिलसिलामा शनिवार एनआरएनए यूके युवा संयोजक हरि आचार्यको अगुवाइमा युथहरुको एक भेला सम्पन्न भएको छ । भेलामा अक्सफोर्ड, क्यामब्रीज र बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत युवा युवती सहभागी थिए । भेला संयोजक थिइन् चांदनी ढकाल । युवा संयोजक आचार्यका अनुसार, युवाहरुले एनआरएनए यूके मार्फत विभिन्न गतिविधि र च्यारिटीमा संलग्न हुन चासो देखाएका छन् ।

‘यहीं हुर्के बढेका युवाहरुलाई सामेल गराउन सकियो भने संघले अझ आफ्नो उद्देश्य सार्थक तुल्याउन सक्छ भन्ने मेरो अपेक्षा छ’, आचार्यले भने । उनले अब युवाहरुलाई साथ लिएर केही रचनात्मक काम गर्ने सोच बनाइएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक