लन्डन । ‘यी हल्लाहरु हुन् तिमीले सुनेका, कसैसंग मैले मुटु साट्या छैन्…।’ शुक्रवार सांझ हन्स्लोस्थित काठमाण्डौं जोन रेष्टुरेन्टमा पनि वरिष्ठ गायक आनन्द कार्की विश्वस्त पार्दै थिए । कसैसंग रात काट्या छैन् भन्दै थिए उनी । उनले दर्शकलाई सबै हल्ला भएको दोहोर्याए । त्यसो त डेढ महिना यता बेलायत भ्रमणमा रहेका कार्कीले आफ्नी जीवनसंगिनीलाई मिस गरिरहेबाट नै आभास हुन्थ्यो उनी मायामा इमान्दार छन् र अन्त आंखा डुलाएका छैनन् ।
आफूलाई बुढो बाघ बताउने कार्कीले थोरै तर ‘हेभीवेट’ दर्शकमाझ कार्यक्रम गर्दा उनको खुवै तारिफ भयो । दर्शकले पनि भरपुर मनोरन्जन लिए । ‘२२ वर्ष अघि आनन्द दाईलाई मैले लाइभ कार्यक्रममा भेटेकी थिएं’, कार्यक्रम हेर्न पुगेकी समाजसेवी नर्स बबी लामाले भनिन्, ‘दाई अहिले पनि उस्तै । गीत जस्तै मान्छे पनि सधैं सदावहार ।’ त्यसो त साउण्ड इन्जिनियर हेम विष्ट पनि कार्कीलाई भेटेपछि उनको प्रस्तुति र हाउभाउमा कुनै परिवर्तन नआएको बताउंदै थिए ।
गायक कार्कीका पुराना सदावहार गीतले नै डोमिनेट गर्यो कार्यक्रम । ‘यी हल्लाहरु हुन् तिमीले सुनेका…’, लाग्छ मन हेरिरहुं एकनास तिमीलाई… आदि हिट गीत गाउंदा दर्शकहरुले पनि उनलाई साथ दिए ।
कार्यक्रममा कार्कीसंगै संगीतकार शिखर सन्तोष, गायिका शर्मिला बर्देवा र सपनकुमार राईले पनि गाए ।
संगीतकार शिखर सन्तोषले आफूले संगीत दिएका चर्चित गीतहरु बांचुन्जेलीलाई, पहाडको छुकछुके रेल, मलाई पुगेन पुगेन लगायत हिन्दी गीत गाए । उनीसंगै गायिका शर्मिला बर्देवाले बांचुन्जेलीलाई…गाइन् । रामकृष्ण ढकाल र लता मंगेशकरले गाएको उक्त गीत हिट छ ।
गायक सपनकुमार राईले पुरानो हुंदैन माया…सहित केही पुराना हिन्दी गीत गाए ।
कार्की र शिखर सन्तोषले आफूहरुलाई माया गर्ने दर्शकहरुप्रति आभार व्यक्त गरेका छन् । महिना दिन अरु बेलायत बसाइमा उनीहरुका आधा दर्जन बढि कार्यक्रम तय भइसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य