लन्डन । ‘यी हल्लाहरु हुन् तिमीले सुनेका, कसैसंग मैले मुटु साट्या छैन्…।’ शुक्रवार सांझ हन्स्लोस्थित काठमाण्डौं जोन रेष्टुरेन्टमा पनि वरिष्ठ गायक आनन्द कार्की विश्वस्त पार्दै थिए । कसैसंग रात काट्या छैन् भन्दै थिए उनी । उनले दर्शकलाई सबै हल्ला भएको दोहोर्याए । त्यसो त डेढ महिना यता बेलायत भ्रमणमा रहेका कार्कीले आफ्नी जीवनसंगिनीलाई मिस गरिरहेबाट नै आभास हुन्थ्यो उनी मायामा इमान्दार छन् र अन्त आंखा डुलाएका छैनन् ।
आफूलाई बुढो बाघ बताउने कार्कीले थोरै तर ‘हेभीवेट’ दर्शकमाझ कार्यक्रम गर्दा उनको खुवै तारिफ भयो । दर्शकले पनि भरपुर मनोरन्जन लिए । ‘२२ वर्ष अघि आनन्द दाईलाई मैले लाइभ कार्यक्रममा भेटेकी थिएं’, कार्यक्रम हेर्न पुगेकी समाजसेवी नर्स बबी लामाले भनिन्, ‘दाई अहिले पनि उस्तै । गीत जस्तै मान्छे पनि सधैं सदावहार ।’ त्यसो त साउण्ड इन्जिनियर हेम विष्ट पनि कार्कीलाई भेटेपछि उनको प्रस्तुति र हाउभाउमा कुनै परिवर्तन नआएको बताउंदै थिए ।
गायक कार्कीका पुराना सदावहार गीतले नै डोमिनेट गर्यो कार्यक्रम । ‘यी हल्लाहरु हुन् तिमीले सुनेका…’, लाग्छ मन हेरिरहुं एकनास तिमीलाई… आदि हिट गीत गाउंदा दर्शकहरुले पनि उनलाई साथ दिए ।
कार्यक्रममा कार्कीसंगै संगीतकार शिखर सन्तोष, गायिका शर्मिला बर्देवा र सपनकुमार राईले पनि गाए ।
संगीतकार शिखर सन्तोषले आफूले संगीत दिएका चर्चित गीतहरु बांचुन्जेलीलाई, पहाडको छुकछुके रेल, मलाई पुगेन पुगेन लगायत हिन्दी गीत गाए । उनीसंगै गायिका शर्मिला बर्देवाले बांचुन्जेलीलाई…गाइन् । रामकृष्ण ढकाल र लता मंगेशकरले गाएको उक्त गीत हिट छ ।
गायक सपनकुमार राईले पुरानो हुंदैन माया…सहित केही पुराना हिन्दी गीत गाए ।
कार्की र शिखर सन्तोषले आफूहरुलाई माया गर्ने दर्शकहरुप्रति आभार व्यक्त गरेका छन् । महिना दिन अरु बेलायत बसाइमा उनीहरुका आधा दर्जन बढि कार्यक्रम तय भइसकेका छन् ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान