लण्डन । मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङको एकल कविता वाचन हालै सम्पन्न भएको छ ।
आसफोर्डस्थित चर्च हलमा गायकहरु बिसी राई र गंगा राईको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा मुकारुङ र युकेका अन्य स्रष्टाहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा गायक बिसी र गंगाले हार्मोनियम र गिटार बजाउँदै शास्त्रीय संगीतको राग भुपाली प्रस्तुत गरेका थिए । त्यसपछि बिसी राईले ‘तिमीलाई सम्झँदा’ बोलको गीत सुनाए भने मेघराज राईले ‘भाग्य मेरो’ बोलको गीत गाएका थिए ।
सगरमाथा नेपलिज कम्युनिटी महिला समितिकी अध्यक्ष चन्द्रवती राईको अगुवाइमा मुकारुङलाई फूलमाला र खादा लगाइएको थियो ।
पहिलो चरणको कार्यक्रममा आयोजकहरुले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै मुकारुङका साहित्यिक वाणीबाट युकेका स्रष्टा तथा नवप्रतिभालाई प्रोत्साहित गर्न सो कार्यक्रम गरिएको बताए ।
दोस्रो चरणको कार्यक्रममा विश्वदीप तिगेला, नरेश काङमाङ राई, ईश्वर चाम्लिङ, करिश्मा घम, जानुका राई, बालकुमारी गुरुङ, नन्दराज राई, निर्मला परिवेश, काजिमान याक्सो, औतारी साइँला, गइना गुरुङ, घनबहादुर थापा, विजय हितान, सीता पुन लगायतले कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नरेश काङमाङ राईले मुकारुङले पहिचानको मुद्दालाई बोकेर कलम चलाउँदै आएको र यसैमा आधारित उपन्यासदमिनी भीरले मदन पुरस्कार पाएकोमा खुशी प्रकट गरे ।
केन्ट कलमका अभियन्ता विजय हितानले मुकारुङका कविताका बारेमा संक्षिप्त समीक्षा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मुकारुङले लेख्न अघि केका लागि लेख्ने, किन लेख्ने, लेखेर के हुन्छ, नलेख्दा के हुन्छ लगायतका बारेमा चिन्तन गर्ने बताए । यी कुराहरुमा स्पष्ट भएर मात्र लेख्नु राम्रो हुने उनको सुझाव थियो ।
‘जब कुनै पनि कुरामा स्पष्ट भएर लेख्ने निर्णयमा पुग्छु तब कथावस्तु, पात्र, परिवेश, सुहाउँदो भाषाशैली, संवाद, स्थान तयार गरेर मात्र कलम चलाउन थाल्छु’- उनले भने ।
वर्षौंदेखि अहिलेसम्म पनि आर्यन पात्रलाई नायक र मंगोलियन पात्रलाई सहनायकको भूमिका दिइने, जहिले पनि नायकले जित्ने सहनायकले हार्ने गरिंदै आएकोमा त्यो गलत भएको उनले बताए । मान्छे नामले होइन कामले जित्छ भन्दै उनले पुरानो परम्पराको विरोधमा आफूले कलम चलाएको दाबी गरे ।
त्यसपछि उनले करिब एक दर्जन कविता सुनाएका थिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता