लन्डन । नेपलिज वुमन हेल्पिङ हेन्ड्स यूकेले धादिङका तीन विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।
संस्थाले विभिन्न माध्यमबाट संकलित रकमले भूकम्पबाट क्षतिग्रस्त धादिङ जिल्लाका ३ वटा बेग्लाबेग्लै हाइ स्कुललाई २५ वटा कम्प्युटर र ३ वटा प्रिन्टर प्रदान गरेको हो । संस्थाकी सचिव श्रीमती दुर्गा थापाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षलाई ति कम्प्युटर हस्तान्तरण गरेकी हुन् ।
धादिङमा कार्यरत संस्था रिम्स् नेपालले हस्तान्तरण गरिएका कम्प्युटर र प्रिन्टर व्यवस्थापन एवं मर्मत सम्भार गरिदिने वचन दिएको छ ।
धादिङ जिल्ला काठमाण्डौंबाट त्यति टाढा नभएपनि भौगोलिक कठिनाइका कारण त्यहांका शिक्षक तथा विद्यार्थीहरुलाई साधन र स्रोत अभावका कारण आधुनिक शिक्षा प्रणाली अपनाउन निक्कै कठिन भएको संस्थाकी अध्यक्ष तारा पौडेलले बताइन् ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा स्कुलका विद्यार्थीहरुले खुशी र हर्षका साथ नाचगान एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल