लन्डन । नेपलिज वुमन हेल्पिङ हेन्ड्स यूकेले धादिङका तीन विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।
संस्थाले विभिन्न माध्यमबाट संकलित रकमले भूकम्पबाट क्षतिग्रस्त धादिङ जिल्लाका ३ वटा बेग्लाबेग्लै हाइ स्कुललाई २५ वटा कम्प्युटर र ३ वटा प्रिन्टर प्रदान गरेको हो । संस्थाकी सचिव श्रीमती दुर्गा थापाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षलाई ति कम्प्युटर हस्तान्तरण गरेकी हुन् ।
धादिङमा कार्यरत संस्था रिम्स् नेपालले हस्तान्तरण गरिएका कम्प्युटर र प्रिन्टर व्यवस्थापन एवं मर्मत सम्भार गरिदिने वचन दिएको छ ।
धादिङ जिल्ला काठमाण्डौंबाट त्यति टाढा नभएपनि भौगोलिक कठिनाइका कारण त्यहांका शिक्षक तथा विद्यार्थीहरुलाई साधन र स्रोत अभावका कारण आधुनिक शिक्षा प्रणाली अपनाउन निक्कै कठिन भएको संस्थाकी अध्यक्ष तारा पौडेलले बताइन् ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा स्कुलका विद्यार्थीहरुले खुशी र हर्षका साथ नाचगान एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा