
च्यारिटी डिनरमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री (बायां) र प्रिन्स माइकल अफ केन्ट । तस्विरः कुशल श्रेष्ठ
लन्डन । भूकम्प पीडित नेपाली वालवालिकाको सहयोगार्थ गत सोमबार सांझ दूतावासमा आयोजित च्यारिटी डिनरमा १४ हजार पाउण्ड संकलन भएको छ । संकलित रकम गोरखास्थित रान्चोक गाउंमा अवस्थित दुई स्कुलमा प्रेक्षालय निर्माण र १५ वटा भैंसी किन्न खर्च गरिने च्यारिटी डिनरका आयोजक डा. कपिल रिजालले जनाए । रिजालले च्यारिटी कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरेका छन् ।
डा. रिजालले बेलायती च्यारिटी संस्था लिसा मे फाउण्डेशनको सहकार्यमा गोरखा रान्चोकका भूकम्प पीडित वालवालिकाको शिक्षा तथा स्वास्थ्य सेवाका लागि काम गरिरहेका छन् । फाउण्डेशनले भूकम्पपछि नेपालमा एक लाख २० हजार पाउण्ड खर्च गरिसकेको छ ।
च्यारिटी डिनरमा बेलायती महारानीका निकटतम नातेदार प्रिन्स माइकल अफ केन्ट जिसिभिओ सहित बेलायती न्याय मन्त्री माइकल गोभ, सांसद एवं पूर्व रक्षा राज्यमन्त्री जेराल्ड होवार्थ, सांसदहरु क्रिस डेभिस, मिसेल डोनेलन, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल लगायत सहभागी थिए ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी