
च्यारिटी डिनरमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री (बायां) र प्रिन्स माइकल अफ केन्ट । तस्विरः कुशल श्रेष्ठ
लन्डन । भूकम्प पीडित नेपाली वालवालिकाको सहयोगार्थ गत सोमबार सांझ दूतावासमा आयोजित च्यारिटी डिनरमा १४ हजार पाउण्ड संकलन भएको छ । संकलित रकम गोरखास्थित रान्चोक गाउंमा अवस्थित दुई स्कुलमा प्रेक्षालय निर्माण र १५ वटा भैंसी किन्न खर्च गरिने च्यारिटी डिनरका आयोजक डा. कपिल रिजालले जनाए । रिजालले च्यारिटी कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरेका छन् ।
डा. रिजालले बेलायती च्यारिटी संस्था लिसा मे फाउण्डेशनको सहकार्यमा गोरखा रान्चोकका भूकम्प पीडित वालवालिकाको शिक्षा तथा स्वास्थ्य सेवाका लागि काम गरिरहेका छन् । फाउण्डेशनले भूकम्पपछि नेपालमा एक लाख २० हजार पाउण्ड खर्च गरिसकेको छ ।
च्यारिटी डिनरमा बेलायती महारानीका निकटतम नातेदार प्रिन्स माइकल अफ केन्ट जिसिभिओ सहित बेलायती न्याय मन्त्री माइकल गोभ, सांसद एवं पूर्व रक्षा राज्यमन्त्री जेराल्ड होवार्थ, सांसदहरु क्रिस डेभिस, मिसेल डोनेलन, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल लगायत सहभागी थिए ।
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग