सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: २३:४९ | UK Time: 19:04

रेडिङ नेपलिज साेसाइटीले धादिङकाे उमाविलाई साढे १३ हजार पाउण्ड सहयाेग गर्ने

वीनेपाली
२०७२ मंसिर १७ गते २१:२७
लण्डन । बेलायतकाे रेडिङमा बसाेबास गर्ने नेपालीहरूकाे सामुदायिक संस्था ग्रेटर रेडिङ नेपिलज कम्युनिटी एसाेसिएसनले धादिङकाे उच्च माविलाई साढे १३ हजार पाउण्ड सहयाेग गर्ने भएकाे छ ।
समाजले नेपालकाे शिक्षा क्षेत्रमा लगानी गर्ने निर्णय गरे बमाेजम धादिङकाे अचने उच्च माध्यमिक विद्यालयलाई साे सहयाेग गर्न लागिएकाे समाजले जनाएकाे छ ।
समाजले १३ हजार ४८८ पाउण्ड सहयाेग गर्न लागेकाे हाे ।
साे रकम शुक्रबार नेपालका शिक्षा मन्त्री गिरिराजमणि पाेखरेलकाे उपस्थितिमा एक कार्यक्रम गरी हस्तान्तरण गरिने बताइएकाे छ ।
रकम हस्तान्तरणका लागि समाजका सल्लाहाकार किष्ण बहादुर गुरूङ अचने पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक