
लन्डन । भूकम्प पीडित नेपाली वालवालिकाको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा बेलायती विशिष्ठ व्यक्तित्व सहभागी भएका छन् । लन्डनस्थित नेपाली दूतावासमा डा. कपिल रिजाल र डा. रजनी रिजालको संयोजनमा नेपाली दूतावासले सोमबार सांझ च्यारिटी डिनरमा बेलायती महारानीका निकटतम नातेदार प्रिन्स माइकल अफ केन्ट जिसिभिओ सहित बेलायती न्याय मन्त्री माइकल गोभ, सांसद एवं पूर्व रक्षा राज्यमन्त्री जेराल्ड होवार्थ, सांसदहरु क्रिस डेभिस, मिसेल डोनेलन लगायत वरिष्ठ राजनीतिज्ञ सहभागी भएका हुन् ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य
गुरुङ, स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल लगायत अरु पनि सहभागी थिए ।
गोरखास्थित रान्चोकका भूकम्प पीडित नेपाली वालवालिकाको शिक्षा तथा स्वास्थ्य सेवाका लागि खर्च जुटाउन गरिएको च्यारिटीमा प्रमुख अतिथी प्रिन्स माइकल अफ केन्टले बेलायत नेपाल सम्वन्धको चर्चा गर्दै आयोजकको तारिफ गरे । मानवीय सहायताका लागि गरिएको कार्यक्रममा उपस्थित हुन पाउंदा खुशी लागेको समेत उनले बताए । मन्तव्यका क्रममा विशेष अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको पछिल्लो राजनीतिक विकासक्रम र मानवीय संकट आदिबारे प्रकाश पारे । क्षेत्रीले प्रिन्स माइकल अफ केन्टसंगको बेग्लै भेटमा समेत भारतीय नाकाबन्दीले उत्पन्न मानवीय संकटबारे अवगत गराएका थिए ।
उक्त अवसरमा डा. रिजालले भूकम्प लगत्तै नेपालमा गरिएको राहत तथा मानवीय सहयोगको फेहरिस्त प्रस्तुत गरे । कार्यक्रममा न्यायमन्त्री माइकल गोभले पीडितको सहयोगार्थ लिलाम बढाबढ गराएका थिए । पृष्ठभूमिमा यू रेज मि अप… गीत बजिरहंदा देखाइएको भूकम्प पीडितको रोदन अनि सहयोग कार्यक्रमको भिडियोले सहभागी भावविव्हल देखिन्थे तर विनोद चिपालु र विमला महर्जनले लाखे र मन्जुश्रीको मिश्रण गरिएको नृत्य प्रस्तुत गर्दा विदेशी रोमाञ्चक बने । एभरेष्ट इनको लाइभ किचनबाट बनेको खाना तारिफ नगर्ने कोही रहेनन् ।
च्यारिटीमार्फत संकलित रकममा सरकारले दिने २० प्रतिशत गिफ्ट एड थपेर बेलायतस्थित लिसा मे फाउण्डेशनमार्फत नेपाल पठाइने रिजालले जनाए । फाउण्डेशनले डा. रिजालको समन्वयमा ९ ग्रामीण गाउंका विद्यालयमा खानेपानी र शौचालय सुविधासहित प्रेक्षालय निर्माण गर्ने योजना अघि सारेको छ । फाउण्डेशनले गत अप्रिलको विनाशकारी भूकम्प लगत्तै करिब एक लाख १० हजार पाउण्ड संकलन गरेर नेपाल पठाएको थियो भने डा. रिजालकै नेतृत्वमा बेलायतबाट २१ जना चिकित्सक तथा नर्स भूकम्प प्रभावित क्षेत्रमा खटिएका थिए ।
फाउण्डेशनले दोश्रो चरणमा गोर्खा जिल्लाको रान्चोकमा एकसय ३८ र सांखुमा दशवटा अस्थायी आवास गृह निर्माण गरिदिएको थियो ।
त्यसैगरि, तेश्रो चरणमा फाउण्डेशनले गोरखा र सिन्धुपाल्चोक जिल्लाका दश वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्रीसहितको एजुकेशन बक्स प्रदान गरिसकेको छ ।
सरे हिथ काउन्सिलका पूर्व मेयर काउन्सिलर जोन मेले आफ्नी दिवंगत छोरीको सम्झनामा खोलेका हुन् लिसा मे फाउण्डेशन ।
च्यारिटीमा सपन इन्टरटेनमेन्टले लाइट तथा साउण्ड उपलव्ध गराएको थियो ।
पहिलो बाहेक तस्विरहरु सौजन्यः कुशल श्रेष्ठ
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी