काठमाडौं। माधव नेपाल पक्षधरको असहमतिबीच नेकपा एमालेले महाधिवेशन भएको नौ महिनापछि कार्यविभाजन टुंगो लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बुधबार भएको स्थायी कमिटी बैठकले सामान्य परिमार्जनसहित महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यविभाजन पारित गरेको छ ।
‘कार्यविभाजन प्रस्ताव पारित भएको छ,’ एमाले सचिव पृथ्वी सुब्बा गुरुङले भने, ‘अब विभागहरूको गठन प्रक्रिया अघि बढ्छ ।’ उनले चैत१७ गते हुने पोलिटब्युरो बैठकले नियमावली पारित गरेपछि विभाग गठनको शुरुवात हुने बताए ।
बैठकमा अध्यक्ष ओलीले कार्यविभाजन गरिएको घोषणा गरेका थिए । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने कार्यविभाजन सन्तुलित नबनाए नोट अफ डिसेन्ट लेख्ने बताएका छन् ।
‘हामीले कार्यविभाजन गर्दा मापदण्ड बनाऔं र त्यसैअनुसार गरौं भनेर कुरा राख्यौं । योग्यता र क्षमताअनुसारको जिम्मेवारी पाउनुपर्छ,’ सचिव भट्टराईले भने, ‘अहिले मन परेको वा नपरेको आधारमा कार्यविभाजन गरिएको छ । कार्यविभाजनलाई माइन्युट नहुन्जेल नसच्याए नोट अफ डिसेन्ट लेखिन्छ ।’ भट्टराईले महासचिव पोखरेलले बुधबार प्रस्तुत गरेको कार्यविभाजन प्रस्ताव सोमबारको भन्दा खासै फरक नभएको बताए ।
महासचिव पोखरेलले सामान्य हेरफेर गरेर प्रस्ताव बैठकमा पेस गरेका थिए । सभासद भएकालाई अञ्चल इन्चार्ज दिइएको छैन भने मन्त्री भएकाहरूलाई विभागको जिम्मेवारी दिइएको छैन । नारायणी, बागमती, राप्ती, सेती र महाकालीका इन्चार्ज परिवर्तन गरिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते