धादिङ । अन्नको नाममा एक डोको मकै । उनले एक वर्षका लागि त्यति अन्नले आठजनाको परिवार पाल्नुपर्दछ । परिवारमा ज्याला मजदुरी गर्न सक्ने चारजना छन् । लगाउने एकसरो लुगाबाहेक अरु केही नहुँदा चिसो बढेसँगै चिसोमा कामेर रात कटाउनुपर्ने बाध्यता छ ।
दक्षिणी धादिङको जोगिमारा गाविस–१ लैताकका बुधराम चेपाङको परिवारको सधैँको दुःखले छाडेको छैन ।
उनको आठजनाको परिवारले पेटभरि खाना खान नपाएको महिनौँ भयो । बच्चाहरु निन्याउरो अनुहार लगाएर पिँढीमा एकमुठी बोडी केलाउँदै गर्दा उनका बुबा बुधराम भने कालो कराई माझ्दै छन् । कमाएर ल्याएको खानेकुरा सकिएपछि भोकभोकै बस्नुपर्ने भएकाले आधा पेटमै चित्त बुझाउनुपर्ने बाध्यता छ यो परिवारलाई ।
केही वर्षअघि खरले छाइएको उहाँको घर पानी परेको बेला आधा भित्रै चुहिने भएकाले केही भागमा गाउँलेले फालेको प्लास्टिक ल्याएर छानोको प्वालमा छेकिएको छ । तर केही दिनअघि परेको पानी भने घरभित्रै पसेर बस्न नसक्ने अवस्थामा पुगेको थियो । बुधरामले भने, त्यसरात २२ भाँडो पानी बाहिर फ्याँके ।
बुधरामको घरमा लगाउने लुगामात्र होइन आफ्नो ओछ्याउने र गुन्द्रीसमेत छैन । केही कालो भएको थाङ्नामात्र उनीहरुको सिरक डसना थिए ।
जाडो समय आयो । उनको बालबच्चा र श्रीमतीले नयाँ लुगा लगाउन नसकेको वर्षौं भयो । बुधरामले जाडोको समयमा आफूहरु अगेनामा आगो बाल्ने र अनि एक/एक बच्चा च्यापेर ठूलामान्छे अँगेना छेउमा लस्करै सुतेर रात बिताउने गरेको बताए ।
बुधराममात्र होइन, लैताकका खुमकुमारी चेपाङको परिवारको पनि उस्तै हालत छ । दुईजना बच्चालाई काखमा च्यापेर अगेनाको छेउमा सुतेर रात कटाउने गरेको उनी बताउँछिन् ।
लैताकमा १० घर चेपाङ परिवारको अवस्था उस्तैखालको छ । उनीहरुले वर्षैभरि ज्याला गरेर खानुपर्छ भने अगेनाको वरिपरि सुतेर रात कटाउनुपर्ने बाध्यता छ ।
नेपाल चेपाङ सङ्घको सिफारिसमा नेपाल सरकारले चेपाङ आवास कार्यक्रमअन्तर्गतको घर केही पनि नभएका चेपाङले नपाएको गुनासो गर्दै ठूलाबडा र साहु चेपाङहरुले धेरैले यस्तो घर बनाउन पाएकाले बुधरामले बोल्न नसकेर नपाएको स्थानीय सामाजिक कार्यकर्ता गणेशबहादुर हमालले जानकारी दिए ।
आफूलाई घर दिने भन्नेलाई रक्सी खुवाउन नसेकेको र पैसा दिन नसकेका कारण घर बनाउन पैसा नपाएको बुधराम चेपाङले गुनासो व्यक्त गरे ।
लैताकमा रहेका ७५ घरमध्ये चेपाङहरुको ६५ घर रहेको छ । यीमध्ये १० घरपरिवार त आफ्नो बारीको उत्पादनले तीन महिनालाई खान पनि नपुग्ने अवस्था रहेको स्थानीय मुरली चेपाङले बताए ।
भोकै रहेका परिवार र नाङ्गै सुत्न बाध्यले पेटभरि खाएर पानी नचुहिने घरमा सुत्न पाए भने त्यसैलाई स्वर्ग भन्ने थिए स्थानीय सामाजिक अगुवाले बताएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो