नेकपा–माओवादीसहितका राजनीतिक दललाई संविधान निर्माण प्रक्रियामा ल्याउन आयोजना गरिएको सर्वदलीय राजनीतिक सम्मेलन (गोलमेच सम्मेलन) अन्तिम समयमा स्थगित भएको छ ।
नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले सम्मेलनमा सहभागी नहुने निर्णय गरेपछि मंगलबारका लागि तय गरिएको सम्मेलन प्रधानमन्त्री सुशील कोइरालाले स्थागित गरेका हुन् । यसअघि नेकपा–माओवादीको पदाधिकारी बैठक पार्टी कार्यालय वुद्धनगरमा बसेको थियो । वालुवाटारमा आयोजना गरिएको चार दलको बैठकमा कुरा नमिले पछि पदाधिकारी बैठक र त्यसपछि मोर्चाको बैठक बसेको थियो ।
‘शान्ति प्रक्रिया, महत्वपूर्ण राजनीतिक विषय र संविधानका अन्तरबस्तुको बारेमा छलफल नगर्ने प्रमुख दलको अडानको कारण सभाका जानुको औचित्य छैन भन्ने निर्णय मोर्चाले गरेको छ,’ नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने ।
नेकपा–माओवादीले नै संविधानको अन्तर्वस्तुमा सहभागी खोज्न सम्मेलन गर्नुपर्ने माग गर्दै आएको थियो । सरकारले ६६ वटा राजनीतिक दललाई सम्मेलनमा सहभागी हुन निमन्त्रण पठाएको थियो । जसअनुसार केही राजनीति दलका प्रतिनिधि सभा गर्ने स्थल नयाँ बानेश्वरस्थित संविधानसभा बैठकमा पुगिसकेका थिए ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीबीच सभाको कार्यविधि बारे सहमति भएको थियो । चार दलबाट ५–५ जना, अन्य दलका एक–एक जना प्रतिनिधि सहभागी रहने सहमति भएको थियो । एक सदस्यले बढीमा ५ मिनेट बोल्न पाउन व्यवस्था गरिएको थियो । शुरुमा दलहरुबीच सभा कहिले गर्ने विषयमै विवाद देखिएको थियो । प्रधानमन्त्री दुई साता लामो विदेश भ्रमण जाने भएपछि तयारीका लागि समय चाहिने माग गर्दै सभा पछि सार्न नेकपा–माओवादी तयार भएको थिरनयो । तर दलहरुबीच सभा छलफल गरिने विषयमा सहमति जुट्न सकेको थिएन ।
प्रधानमन्त्री कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई सभास्थलबाटै फोन गर्दै सहभागी नुहने निर्णयले आफूलाई दुःख लागेको बताएका थिए ।
यसअघि संविधानसभा चौथो ठूलो दल राप्रपा नेपालले सभाको औचित्य नभएको भन्दै बहिस्कार गर्ने जनाएको थियो ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन