नेकपा–माओवादीसहितका राजनीतिक दललाई संविधान निर्माण प्रक्रियामा ल्याउन आयोजना गरिएको सर्वदलीय राजनीतिक सम्मेलन (गोलमेच सम्मेलन) अन्तिम समयमा स्थगित भएको छ ।
नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले सम्मेलनमा सहभागी नहुने निर्णय गरेपछि मंगलबारका लागि तय गरिएको सम्मेलन प्रधानमन्त्री सुशील कोइरालाले स्थागित गरेका हुन् । यसअघि नेकपा–माओवादीको पदाधिकारी बैठक पार्टी कार्यालय वुद्धनगरमा बसेको थियो । वालुवाटारमा आयोजना गरिएको चार दलको बैठकमा कुरा नमिले पछि पदाधिकारी बैठक र त्यसपछि मोर्चाको बैठक बसेको थियो ।
‘शान्ति प्रक्रिया, महत्वपूर्ण राजनीतिक विषय र संविधानका अन्तरबस्तुको बारेमा छलफल नगर्ने प्रमुख दलको अडानको कारण सभाका जानुको औचित्य छैन भन्ने निर्णय मोर्चाले गरेको छ,’ नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने ।
नेकपा–माओवादीले नै संविधानको अन्तर्वस्तुमा सहभागी खोज्न सम्मेलन गर्नुपर्ने माग गर्दै आएको थियो । सरकारले ६६ वटा राजनीतिक दललाई सम्मेलनमा सहभागी हुन निमन्त्रण पठाएको थियो । जसअनुसार केही राजनीति दलका प्रतिनिधि सभा गर्ने स्थल नयाँ बानेश्वरस्थित संविधानसभा बैठकमा पुगिसकेका थिए ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीबीच सभाको कार्यविधि बारे सहमति भएको थियो । चार दलबाट ५–५ जना, अन्य दलका एक–एक जना प्रतिनिधि सहभागी रहने सहमति भएको थियो । एक सदस्यले बढीमा ५ मिनेट बोल्न पाउन व्यवस्था गरिएको थियो । शुरुमा दलहरुबीच सभा कहिले गर्ने विषयमै विवाद देखिएको थियो । प्रधानमन्त्री दुई साता लामो विदेश भ्रमण जाने भएपछि तयारीका लागि समय चाहिने माग गर्दै सभा पछि सार्न नेकपा–माओवादी तयार भएको थिरनयो । तर दलहरुबीच सभा छलफल गरिने विषयमा सहमति जुट्न सकेको थिएन ।
प्रधानमन्त्री कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई सभास्थलबाटै फोन गर्दै सहभागी नुहने निर्णयले आफूलाई दुःख लागेको बताएका थिए ।
यसअघि संविधानसभा चौथो ठूलो दल राप्रपा नेपालले सभाको औचित्य नभएको भन्दै बहिस्कार गर्ने जनाएको थियो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा