रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यका रुपमा केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
नवनियुक्त मन्त्रीद्वारा सपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गर्नुभएको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिनुभएको छ । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीकामा सपथ लिनुभएको छ । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।
काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री हुनुभएको हो । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाउनुभएको हो । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिनुभएको छ । संविधानको धारा १६८(२) अनुसार चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा