बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २२:३६ | UK Time: 16:51

एसएलसी पूरकमा ६५ प्रतिशत उत्तीर्ण

एसएलसी पुरक परीक्षामा करिब दुई तिहाइ विद्यार्थी पास भएका छन्  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ६५.२१ प्रतिशत विद्यार्थी उत्तिण भएको जनाएको छ । कार्यालयले पूरक परीक्षामा ७८ हजार ४ सय ५३ जना पासर भएको...

कैलालीमा महिनामा एक व्यक्तिको नागरिकता बदर

कैलालीमा नागरिकताको दुरूपयोग गर्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको छ । आर्थिक वर्ष २०७०/७१ मा जिल्लामा नागरिकताको दुरूपयोग गरेर व्यक्तिगत लाभ लिन खोज्ने १३ जनाको नागरिकताको प्रमाणपत्र बदर गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले...

‘विवादको विषय समितिमै फर्काइने’

संविधानसभाको पूर्ण बैठकले संविधानका सहमति हुन बाँकी विषयलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमै फर्काउने भएको छ ।  बैठकले सहमतिका लागि समितिलाई थप समय उपलब्ध गराउने र समयसीमाभित्र सहमति नभए मतदानका लागि प्रश्नावलीसमेत तयार पारेर...

सुनकोशीको ताल फुट्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता(फोटोफिचर)

सिन्धुपाल्चोकको मंखा–जुरेमा पहिरो कारण  सुनकोशी नदी बनेको ताल आइतबार बिहान फुटेको छ । गत साउन १७ गते बिहान पहिरो जाँदा १ सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो । ताल फुट्दा तल फुटाउन प्रयोग...

U-16 फुटबल: नेपाल उज्वेकिस्तानसँग भिड्दै

नेपाल थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनशीप फुटबल प्रतियोगिताको पहिलो खेलमा आइताबार अपरान्ह साविक विजेता उज्वेकिस्तानसँग खेल्दै छ । चोटको कारण नेपाली टोलीका स्टार खेलाडी बिमल घर्ती मगर आइतबारको खेलमा मैदानमा उत्रिने संभावना कम रहेको...

सहमति जुटेन कार्यतालिका संशोधन हुने

प्रमुख राजनीति दलबीच संविधानको अन्तर्वस्तुमा सहमति जुट्न नसक्दा संविधान निर्माणको कार्यताालिका संशोधन हुने भएको छ। बाबुराम भट्टराई नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शनिबार आफ्नो जिम्मेवारी पुरा गर्न थप केही लाग्ने भन्दै...

दलहरु आ-आफ्नै अडानमा, कार्यतालिका अलपत्र पर्ने संकेत

प्रमुख तीन राजनीतिक दलबीच सहमति बन्न नसक्दा एक वर्षभित्र संविधान जारी गर्ने गरि निर्धारण गरिएको कार्यतालिका अलपत्र पर्ने देखिएको छ । दलहरुबीच सहमतिका लागि थप समय प्रदान गर्नका लागि कार्यतालिका परिवर्तन गर्ने कि नगर्ने विषयमा...

गोलमेच मितिमा गोलमाल

नेकपा–माओवादीको मागअनुसार प्रमुख दलहरु गोलमेच सम्मेलन गर्न सहमत भएपनि कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेकपा–माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्न कांग्रेस एमाले तयार भएपनि मिति तोक्न असफल...

६ राजदूतको नाम सिफारिस, बेलायत अझै खाली

सरकारले ६ देशमा राजदूत नियुक्तिका लागि बिहीबार सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले क्यारियर डिप्लोम्याटबाट खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई राष्ट्र संघीय स्थायी नियोग (जेनेभा)-स्वीट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा...

‘तीन दलको सहमति’ चौथो ठूलो दललेे नमान्ने

राज्यको पुनर्संरचना, शासकीय प्रणाली विषयमा सहमति गर्न प्रमुख तीन राजनीति दलबीच सघन छलफल चलिरहेको समयमा संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले तीन दलको सम्झौता नमान्ने जनाएको छ। तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले...

सातामा एकले आत्महत्या गर्छन भक्तपुरमा

भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।...

प्रत्यक्ष निर्वाचित प्रम एमालेले किन छाड्यो?

शासकीय स्वरुपमा नेकपा (एमाले)ले जनताबाट प्रत्येक निर्वाचित कार्यकारीको अवधारणालाई छाडेको छ । संविधानको अन्तर्वस्तु बारेमा सहमति गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा साझेदार दल नेपाली कांग्रेससँग गरेको बैठकमा एमालेले संविधानमै राजनीतिक स्थायित्व ग्यारेन्टी हुने गरी...
फेसबुक