About Us

युकेमा नेपालीको आवादीसँगै मिडियाको खाँचो बढ्दो छ । त्यो खाँचो पूर्तिका विभिन्न प्रयत्न पनि भइरहेका छन् । तथापि युकेवासी नेपालीको दुःख–सुख, पीर–व्यथा, आँशु–हाँसोलाई समेट्न सक्ने मिडियाको खाँचो अहिले पनि टड्कारो छ । हामी त्यही आवश्यकतालाई पूरा गर्ने उद्देश्यले तपाईहरुको सेवामा खडा भएका छौँ ।

हामी हाम्रो समाजभित्रका प्रगति, उन्नतिका कुरालाई दुनियाँमाझ फिँजाउने छौँ । हामीभित्रको विकृति, विसंगति र कमजोरीलाई उजागर गरेर समाधान खोज्ने र सच्याउने कोसिस गर्नेछौँ ।

बेलायतमा जीवनयापन गर्नेक्रममा आइपर्ने विभिन्न आयामहरुका बारेमा सम्बन्धित विषयका अनुभवी र सकेसम्म जानकारबाट यहाँ बस्ने नेपालीहरुलाई सकेसम्म बढीभन्दा बढी सूचना र विश्लेषण सम्प्रेषण गरी लाभान्वीत गराउने छौँ । आशा छ हाम्रो प्रयासमा यहाँहरुको पनि साथ सहयोग पक्कै रहने छ ।

यस वेभसाइट वीनेपाली डटकम लिमिटेडमार्फत सञ्चालित छ । सो लिमिटेडमा नेपाल तथा बेलायतमा पत्रकारिता तथा वेभ दुनियाँमा अनुभवी उत्साही टीम आवद्ध छ ।

WeNepali.com website is owned, managed and operated by WeNepali.com Ltd. Registered in England, Registered No.: 8947559.
Registered Address: 13 Bondfield Walk Dartford, Kent DA1 5JS