लन्डन । गोर्खा पिस फाउन्डेसनको आयोजनामा १३औँ वार्षिक ‘गोर्खा वाक’ आसफोर्डमा आइतबार सम्पन्न भएको छ।
गोर्खा सैनिकहरूको वीरता, त्याग र ऐतिहासिक विरासतको सम्मानमा हरेक वर्ष आयोजना गरिने यो कार्यक्रममा करिब तीन हजारले सहभागिता जनाएको आयोजकले बताएका छन् ।
बेलायत र नेपालमा रहेका गोर्खा भूतपूर्व सैनिक तथा उनीहरूको परिवारको सहयोगार्थ आर्थिक र सामाजिक चेतना जुटाउने उद्देश्यले सञ्चालित गोर्खा वाक यसपटक विगतभन्दा फरक हिसाबले एउटा बृहत् सांस्कृतिक र एकताको उत्सवको रूपमा मनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायती सांसद सोजन जोसेफ रहेका थिए । उनले बेलायती समाजमा गोर्खा समुदायको सुन्दर घुलमिल र उनीहरूले पुर्याएको अमूल्य योगदानको उच्च प्रशंसा गरे। त्यस्तै, गोर्खा अभियन्ता पिटर क्यारोलले संयुक्त अधिराज्य र गोर्खाहरूबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै गोर्खा समुदायप्रति निरन्तर सहयोग र आपसी सम्मान कायम राख्नुपर्ने जोड दिए।
१३ जना गोर्खा भिसीहरूको सम्झनामा राखिएको १३ किलोमिटर दौड प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा नयाँ रेकर्ड कायम भएको छ। पुरुषतर्फ प्रथम स्थान रोबर्ट लाटाला (समय ४९ मिनेट ८ सेकेन्ड) द्वितीय स्थान फ्र्याङ्क रेग्निगियो (समय ५३ मिनेट १३ सेकेन्ड) र तृतीय स्थान सगीन राई (समय ५९ मिनेट ६ सेकेन्ड)ले पाए ।
त्यस्तै महिला विधामा प्रथम स्थान मन्दा गुरुङ (समय ५७ मिनेट ४५ सेकेन्ड) द्वितीय स्थान पुनम गुरुङ (समय १ घण्टा ११ मिनेट १० सेकेन्ड) र तृतीय स्थान जुन्तारा राई (समय १ घण्टा १३ मिनेट १० सेकेन्ड)ले हासिल गरे ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो । नौमती बाजाको परम्परागत धुन, च्याब्रुङ र साकेला नृत्यले कार्यक्रमलाई मौलिक र सांस्कृतिक रौनकता प्रदान गरेको थियो ।
नेपालबाट कलाकार शिवदास गुरुङको आकर्षक नृत्य तथा नेपालबाट आएका कलाकारहरू सोनी कुँवर, निरा थापा मगर, पुनम गुरुङ र गोबिन पुनको बेजोड साङ्गीतिक प्रस्तुतिले सहभागीहरुलाई झुमाएको थियो । सामुदायिक एकता, स्वास्थ्य सचेतना र च्यारिटीलाई एकै ठाउँमा जोड्न ‘गोर्खा वाक २०२६’ पूर्ण रूपमा सफल भएको आयोजक गोर्खा पिस फाउन्डेसनले जनाएको छ ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?